|
|
२०८३ असार १७
459 views

ललितपुर - लगातार ओरालो लागेको सेयर बजारमा आज (बुधबार) उछाल आएको छ । यसदिन नेप्से ४४ अंकले बढेर परिसुचक २६५२मा पुगेर रोकियो ।
यसदिन कारोबार रकम पनि केहि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकामा आज ३ अर्ब ८६ करोडको कारोबार भयो ।
कारोबारमा आएका २५२ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन लक्ष्मी सन्राइज बैंक, रिलायन्स स्पनिङ मिल्स, आखु खोला जलविद्युत् अगाडि रहे ।
आज स्नो रिभर्स लिमिटेड, सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने भुजुङ् हाइड्रोको सेयर मूल्य १३ प्रतिशतले बढ्यो ।
यसदिन सबै सूचक हरियाली भएका छन् ।

बिजनेस पाटी