नेप्से १४ अंकले बढ्यो, ४ अर्ब १६ करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ३१
|
153 views

ललितपुर - सेयरबजार १४ अंकले बढेको छ । नेप्से उक्त अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो । बुधबार ४ अर्ब १६ करोडको कारोबार भएको छ । ८४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणमा कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १९५ वटा सेयरको मूल्य बढ्दा ६० वटाको घटेको र १९ वटाको स्थिर छ ।

      आज सेयरहरु ९.२० प्रतिशतसम्म बढ्दा ७.३२ प्रतिशतसम्म घटेका छन् । बुधबार ४४ करोडसम्मको अधिकतम कारोबार भएको नेप्सेले जनाएको छ। आज लगानी समूह घटे पनि बाँकी हरियो छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube