|
|
२०८३ श्रावण ६
153 views

ललितपुर - साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा कायम भएको हो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन् । अधिकांश समूहमा बिक्री दबाब देखिएपछि समग्र बजार राताम्मे बनेको हो ।
कारोबारका क्रममा ३४६ कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच भएका छन् । यस दिन ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
बजार घटे पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल पाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ ।

बिजनेस पाटी