३३ अंकले घट्यो नेप्से, ६ अर्ब रूपैयाँभन्दा बढीको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ११
|
765 views

ललितपुर - साताको कारोबारको पहिलो दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार सेयर बजार ३३.२८ अंकले घटेर २७०१.३२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

    आज रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३३ करोड ८६ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

      सोमबार एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

      आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.३८ प्रतिशतले घटेको छ ।

      आज नेप्सेमा ३६० कम्पनीको एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८ लाख ६३ रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube