|
|
२०८३ श्रावण २७
306 views

ललितपुर - साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको हो ।
यसदिन ३४८ वटा सूचीकृत कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ वटा उपसूचकमध्ये ५ वटा उपसूचक बढेका छन् भने ८ वटा उपसूचक घटेका छन् ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा माउन्ट एभरेस्ट बैंकका लगानीकर्ता सर्वाधिक कमाउने बनेका छन् । कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, आईसीएफसी फाइनान्सको डिबेञ्चर का इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य १५ प्रतिशतले घटेको छ ।

बिजनेस पाटी