|
|
२०८२ फाल्गुन ११
306 views
ललितपुर – नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २.४१ अङ्कले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ ।
आज ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ ।
उपसमूहतर्फ बैङ्किङ ०.२८, विकास बैङ्क ०.९०, वित्त ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७ र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन् । तर होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहका उपसूचक घटेका छन् ।
समग्र बजारमा मिश्रित कारोबार देखिए पनि परिसूचकमा सामान्य सुधार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया