शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
204 views

ललितपुर - थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सोही रिटमाथि मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहित लिखित जवाफ पेश गर्दै २४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन आदेश दिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्याद थप गरेको थियो ।

सीआईबीले गोल्छालाई वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा नाम मुछिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube