२०८२ फाल्गुन ३ | Feb 15, 2026

देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर समूह अनुपस्थित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ३
|
3.8k views

ललितपुर । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित भएको छ ।
गगन थापा पक्षले विशेष महाधिवेशन बोलाएयता नेता शेखर कोइराला संस्थापनतिर लागेका थिए तर, निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेखर समूहले रणनीतिमा पुनर्विचार गर्ने भएको छ ।

कोइरालाले आफू निकट केन्द्रीय सदस्य र पदाधिकारीसँग बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन् । यता निर्वाचन आयोगबाट मान्यता पाएको नेपाली कांग्रेसले पनि आजै केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्दै छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ ६ गते प्रतिनिधि सभामा उम्मेदवारी, राष्ट्रिय सभा निर्वाचन र विशेष महाधिवेशनमा छुटेका पक्षधरलाई समेट्ने विषयमा छलफल जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया