शेर मल्लको डेब्यूमा शानदार सुरुवात, फिल साल्टलाई पहिलो बलमै आउट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
765 views

ललितपुर - ललितपुर – नेपालका स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू म्याचमा नै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

टि–२० विश्वकपको ईंग्ल्यान्डविरुद्धको म्याचमा प्लेइङ ११ मा स्थान पाएका मल्लले पहिलो बलमै विकेट लिएका छन् । उनका निशानामा ईंग्ल्यान्डका ओपनर फिल साल्ट परे ।

कप्तान रोहित पौडेलले उनलाई दोस्रो ओभरमै बल थमाएका थिए। साल्टले मल्लको बलमा ठूलो सट खेल्ने प्रयास गरे, तर दोस्रो बलमै सन्दीप लामिछानेको क्याचमा परे र आउट भए

यसरी मल्लले आफ्नो डेब्यू म्याचबाटै नेपालका लागि महत्वपूर्ण शुरुवात गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube