ललितपुर - ललितपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा मङ्गलबारदेखि बाघ गणना सुरु गरिएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेर बाघको संख्या गणना थालिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
आज बिहान आयोजित कार्यक्रममा निकुञ्जले औपचारिक रूपमा बाघ गणना अभियान सुरु गरेको हो। यसका लागि शुक्लाफाँटा, लालझाडी र जोगबुडा क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको छ ।
यसअघि यहाँ ४३ वटा पाटेबाघ गणना गरिएको थियो । करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै कम क्षेत्रफलमा धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरी का अनुसार बाघ गणनाका लागि ५८० वटा स्वचालित क्यामेरा जडान गरिएको छ। यस कार्यमा ७७ जनाको प्राविधिक टोली परिचालन गरिने पनि उनले जानकारी दिए ।

बिजनेस पाटी