प्रधानमन्त्री कार्की रारा भ्रमणमा, जुम्ला हुँदै मुगु प्रस्थान

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
1k views

ललितपुर - प्रधानमन्त्री सुशीला कार्की जुम्ला हुँदै रारा ताल भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत जुम्ला सदरमुकाम खलंगा पुग्नुभएको हो ।

जुम्लामा सुरक्षा निकायका प्रमुख तथा सरकारी कर्मचारीहरुसँग भेटघाट गरेपछि उहाँ मुगुस्थित रारा तालतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मुगुमा पनि सुरक्षा निकायका प्रमुख र सरकारी कर्मचारीहरुसँग भेटघाट गर्दै रारा तालको अवलोकन गर्ने कार्यक्रम छ ।

      प्रधानमन्त्री आज रारामै बस्ने र भोलि बिहान मुगुबाट जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube