सीमानाका बन्द, तर परिक्रमाका यात्रीलाई विशेष व्यवस्था

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
969 views

ललितपुर - ललितपुर – निर्वाचन सुरक्षाका कारण नेपाल–भारत सीमा बन्द भए पनि मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजीकरण गरिने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका फागुन १८ गते मध्यरातदेखि फागुन २१ गतेसम्म बन्द रहने जनाइएको छ । तर परिक्रमामा सहभागी भारतीय यात्रीलाई फागुन १९ गते मध्याह्नदेखि २० गते मध्याह्नसम्म भारत फर्कन सहजीकरण गरिने व्यवस्था मिलाइएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमा बन्द अवधिमा यात्रुलाई फर्कन (भारततर्फ जान) मात्र अनुमति दिइनेछ ।

भारतीय यात्रीलाई घर फर्कनका लागि जयनगर, जटही, मटिहानी र भिठ्ठामोर नाकाबाट सहजीकरण गरिने बताइएको छ । यसका लागि महोत्तरी जिल्ला र धनुषा जिल्ला प्रशासनबीच समन्वय गरिएको छ ।

१५ दिने परिक्रमाका यात्री सोमबार जनकपुरधाम पुग्नेछन् । मङ्गलबार बिहान अन्तर्गृह (पञ्चकोसी) परिक्रमा सम्पन्न भएपछि भारतीय साधुसन्त र सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्कन व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube