२०८२ चैत्र २१ | Apr 04, 2026

निर्वाचन अवधिमा सीमानाकामा सवारी आवतजावत रोक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

ललितपुर – आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै तयारी गरिएको उल्लेख छ ।

सूचनामा भनिएको छ कि फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालन निषेध हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया