दशौँ राष्ट्रिय खेलकुदमा शिवांश मान कायस्थ, नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ७
|
3.3k views

ललितपुर -

पौडी खेलमा आफ्नो प्रतिभा, क्षमता र निरन्तर मेहनतमार्फत पहिचान बनाउँदै आएका युवा पौडी खेलाडी शिवांश मान कायस्थले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिस क्लबका तर्फबाट सहभागिता जनाउने भएका छन्।

      आगामी २०८३ मङ्सिर ८ गतेदेखि नेपालगन्जमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शिवांशले नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्दै पौडी विधामा प्रतिस्पर्धा गर्नेछन्। सानै उमेरदेखि पौडी खेलप्रति रुचि राख्दै आएका उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो खेल क्षमता प्रमाणित गरिसकेका छन्।

      पौडी खेलमा देखाएको निरन्तर लगनशीलता, अनुशासन र मेहनतले शिवांशको खेल भविष्यप्रति थप आशा जगाएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

      सानै उमेरमा खेल क्षेत्रमा देखाएको सम्भावना र उपलब्धिले शिवांशलाई भविष्यमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरकै सफल खेलाडीका रूपमा स्थापित संभावना देखाएका छन् । 

       पात्रो/राशिफल  रेडियो YouTube