|
|
२०८३ बैशाख २९
153 views

ललितपुर - स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) खुला गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको थियो । सो सेयर बाँडफाँटपछि अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर निष्कासन गरेको जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा आउँदो जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ ।

बिजनेस पाटी











