|
|
२०८२ माघ २६
816 views
ललितपुर – आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटलीलाई २०८ रनको लक्ष्य दिएको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा चार विकेट गुमाउँदै २०८ रन बनाएको हो ।
स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रन जोडे । उनले ५४ बलमा १३ चौका र दुई छक्का प्रहार गरेका थिए । ब्रेन्डन म्याकमुलेन अविजित ४१ रनसहित उत्कृष्ट रहे भने माइकल जोन्सले ३७, माइकल लिस्कले २२ र रिची बेरिङ्टनले १५ रन थपे ।
इटली अहिले जवाफी ब्याटिङमा उत्रेको छ । स्कटल्यान्ड र इटली समूह ‘सी’ मा छन्, जहाँ नेपाल, वेस्ट इन्डिज र इङ्ल्यान्ड पनि छन् । स्कटल्यान्डको यो दोस्रो खेल हो भने इटलीको पहिलो खेल हो। हिजो नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।














फेसबुकबाट तपाईको प्रतिक्रिया