|
|
२०८२ फाल्गुन २९
867 views
ललितपुर - ललितपुर – सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गर्न लागिरहेको छ। यसका लागि नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरिएको छ ।
शेयरमा आवेदन चैत्र १२ गतेसम्म खुला रहनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। एनएमबि क्यापिटल यस आईपीओको बिक्री प्रबन्धक रहेको छ ।
त्यसपछि कम्पनीले आम सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्नेछ । यस अघि नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

बिजनेस पाटी