ललितपुर – नेपाली संगीतप्रेमीका लागि नयाँ सांगीतिक अनुभव लिएर आएको छ ‘सोल्टिनी’। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय देख्न सकिन्छ ।
स्वर प्रविन बज्राचार्यकै रहेको गीतका शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन् । गीतको संगीत रचना द गोक्टे’ज (कमल उपासक) को रहेको छ ।
म्युजिक भिडियोको निर्देशन प्रविन बज्राचार्यले स्वयं गरेका छन्। छायाँकन अनिल र गोपाल, भिडियो सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेका छन् ।
‘सोल्टिनी’ले प्रेम र सरल जीवनका भावनालाई समेटेको छ। भिडियोको कथावस्तु र दृश्य संयोजनले दर्शकसँग सहजै सम्पर्क गर्न खोजेको छ भने कलाकारहरूको अभिनय स्वाभाविक छ। विशेष गरी कुकुर मायाको उपस्थितिले कथालाई अझ भावनात्मक बनाएको छ।
भिडियो OSR डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ र छोटो समयमा नै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया