ललितपुर – सिर्जनासूत्रले विगत आठ वर्षदेखि विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्दै आएको जनाएको छ । कम्पनीले हालसम्म पाँच हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, होटल म्यानेजमेन्ट, एडमिनिस्ट्रेसन, उद्घोषण, समाचारवाचन र कलाकारिताजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले महापुरुष, आउट ल, विज्ञापन, वाइल्ड फ्लावर, परस्त्री, ११:५५, गोरखा वारियर र उचाइ जस्ता चलचित्रमा थिएटर तथा कलाकारितामा रुचि भएका व्यक्तिलाई रोजगारी दिएको जनाएको छ।
यसैबीच, ह्वाइट हर्स एग्रो भिल्ला र सिर्जनासूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडचढी तालिम सञ्चालन हुने भएको छ । तालिमले कलाकार तथा सहभागीलाई व्यावहारिक सीप विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। तालिम सम्पन्न भएपछि प्रमाणपत्रसमेत वितरण गरिने कम्पनीका अध्यक्ष सुभाष श्रेष्ठ प्रधानले जानकारी दिएका छन् ।
तालिममा सबै उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । इच्छुकले थप जानकारी तथा सहभागिताका लागि ९८४१७७७२७४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया