मन्त्रिपरिषद्‌मा नयाँ समीकरण, गृहमन्त्री गुरुङको वरीयता घटाइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २४
|
867 views

ललितपुर - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । मन्त्रिपरिषद्‌को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ । चौथोमा रहेका उनलाई अब तेस्रो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

 पात्रो/राशिफल  रेडियो YouTube