ऋणकै पैसाले लगानी गरेको गृहमन्त्री गुरुङको दाबी

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ७
|
765 views

ललितपुर - गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् ।

विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन् ।

‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो कहाँ गयो कसलाई गयो सबै देखिन्छ । यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? उनले भनेका छन् ।

साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् ।

अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ, गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’

आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ ।

अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो गुरुङले भनेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube