गृहमन्त्रीको जिम्मेवारीमा पुनः सुधन गुरुङ, आजै शपथ ग्रहण हुने

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २६
|
408 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बन्न लागेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, गुरुङलाई गृहमन्त्री नियुक्त गर्न लागिएको छ। उनको आजै शपथ ग्रहणको तयारी पनि गरिएको जनाएको छ ।

      शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । आजै अपराह्न ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ ।

      यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube