२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुडी समाजद्वारा पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ४
|
663 views

ललितपुर – सुडी समाज काठमाडौँले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । समाजका महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीका अनुसार शिविरमा १० हजारभन्दा बढी व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ भने सहभागीहरूका लागि भोजनको व्यवस्था समेत गरिएको थियो ।

शिविरमा पाँच सयभन्दा बढी बिरामीको उपचार गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको जनाइएको छ । समाजका अध्यक्ष शीतलप्रसाद महतोले हिन्दु धर्म र संस्कृतिको जगेर्ना तथा सद्भाव अभिवृद्धिका लागि यस्ता सामाजिक कार्यले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष विनय गामी, महासचिव डा. प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठलगायतको उपस्थिति रहेको थियो। यहि अवसरमा पूर्व संविधानसभा सदस्य शैल महतो तथा समाजका सदस्यहरू रेखा महतो, प्रियङ्का पूर्वे, ममता महासेठलगायतलाई सम्मान समेत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया