सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १२
|
561 views

ललितपुर - सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन(बजेट अधिवेशन) आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उहाँले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो ।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube