सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवाका लागि विश्वविद्यालय छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
459 views

ललितपुर - ललितपुर – कमलबहादुर शाहले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भएपछि सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाह र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीबीच आज विश्वविद्यालय सञ्चालनका विषयमा भएको छलफलमा उहाँले सुदूरपश्चिमका जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पु-याउन विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । छलफलमा पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारका विषयमा समेत चर्चा भएको थियो ।

कार्यक्रममा सुनिलकुमार जोशी, खेमराज जोशी र वैकुण्ठप्रसाद अर्याललगायतको सहभागिता रहेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube