शुक्लाफाँटामा निकुञ्जबाहिर पाटेबाघ, स्थानीयलाई सतर्क रहन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
918 views

ललितपुर - ललितपुर – शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघले बस्तीमा प्रवेश गरी घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि सचेत रहन आग्रह गरेको छ ।

निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यान सफा राख्न अनुरोध गरिएको छ ।

निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्दा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराइएको छ ।

कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube