नदी कटान रोक्न चार ठाउँमा तटबन्ध निर्माण

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
561 views

ललितपुर - ललितपुर – जग्गा कटानको उच्च जोखिममा रहेको शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको रु ६९ लाख बजेटमा स्याली नदीमा ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार वडा नं १ र १२ मा १२५–१२५ मिटर, वडा नं ५ र ६ मा ८०–८० मिटर तटबन्ध निर्माण हुँदैछ। ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम सुरु गरिएको छ ।

निर्माण एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तटबन्ध बनेपछि नदी कटान नियन्त्रण, बस्ती संरक्षण र कृषियोग्य जमिनको सुरक्षा हुने अपेक्षा गरिएको छ ।

स्याली नदीले वर्षायाममा बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको थियो। तटबन्ध निर्माणपछि जोखिम न्यूनीकरण र दीर्घकालीन नदी व्यवस्थापनजग्गा कटानको उच्च जोखिममा रहेको शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको रु ६९ लाख बजेटमा स्याली नदीमा ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार वडा नं १ र १२ मा १२५–१२५ मिटर, वडा नं ५ र ६ मा ८०–८० मिटर तटबन्ध निर्माण हुँदैछ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम सुरु गरिएको छ ।

निर्माण एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तटबन्ध बनेपछि नदी कटान नियन्त्रण, बस्ती संरक्षण र कृषियोग्य जमिनको सुरक्षा हुने अपेक्षा गरिएको छ ।

स्याली नदीले वर्षायाममा बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको थियो । तटबन्ध निर्माणपछि जोखिम न्यूनीकरण र दीर्घकालीन नदी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube