|
|
२०८३ बैशाख २१
714 views

ललितपुर - हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर ज.ब. राणालाई पदबाट बर्खास्त गरिएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष कपिल कुमार दहालले सञ्चालक समितिको निर्णयअनुसार राणालाई बर्खास्त गरिएको पुष्टि गरेका छन् ।
राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ। शंकास्पद आर्थिक कारोबारमा संलग्न रहेको आरोपका कारण उनीमाथि अनुसन्धान अघि बढाइएको हो ।

बिजनेस पाटी












