सुनको मूल्य बढ्यो, चाँदी घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
23.1k views

ललितपुर - ललितपुर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । जसअनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube