२०८२ चैत्र १५ | Mar 29, 2026

बालाजु प्रहरी कार्यालयलाई सन नेपाल लाइफले रू १० लाख बराबरको निर्माण सामग्री सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
612 views

ललितपुर –  सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ । औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका सीईओ राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रमुख जोखिम अधिकृत रोशन ज्ञवालीआन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेल उपस्थित थिए ।

कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिका अध्यक्ष शिव भक्त रञ्जित, कोषाध्यक्ष बेद प्रसाद पौडेल, र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडेको पनि उपस्थिती रहेको थियो । कम्पनीले प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक भएको भन्दै यो सहयोग गरेको जनाएको छ ।

बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रको सहयोगले सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधारमा सञ्चालन गर्दै आएको छ। हाल कम्पनीको देशभर १४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया