२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा अप्रत्यासित वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २८

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य अप्रत्यासित तरिकाले वृद्धि भएको छ । आज सुनमा प्रतितोला ५ हजार ७०० रुपैयाँका दरले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइहेको छ । बुधबारको सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दुईदेखि दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदी मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया