|
|
२०८३ आश्विन ३
1k views

ललितपुर - ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार सुशन महर्जनले पाटनमा आज हुने श्री दशमहाविद्या पूजाका आयोजकहरूलाई सहयोग स्वरूप क्याप हस्तान्तरण गरेका छन् ।
पूजा थालनीको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भई उनले सहभागीहरूलाई क्याप हस्तान्तरण गरेका हुन्।
महर्जनले ललितपुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा सँगै भेटघाट र छलफललाई निरन्तरता दिएका छन् ।
सङ्घको ४७ औ साधारण सभा र निर्वाचनको कार्यक्रम आगामी २३ र २४ गते तय भएको छ । साधारण सभा र निर्वाचन प्रयोजनका लागि सङ्घका सदस्यहरूले सदस्यता दर्ता र नवीकरण यही ८ गते भित्र गरिसक्न पनि महर्जनले अनुरोध गरेका छन् ।



बिजनेस पाटी