ललितपुर – क्युबामा देखिएको गम्भीर इन्धन सङ्कटका लागि रसियाले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पेट्रोलियम आपूर्तिमा आएको अवरोधले क्युबाको सम्पूर्ण अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
उहाँले अमेरिकाले लागू गरेको आर्थिक घेराबन्दीका कारण क्युबाको अवस्था झन् जटिल बनेको बताउनुभयो । रसिया क्युबासँग निरन्तर सम्पर्कमा रहँदै कूटनीतिक तथा अन्य माध्यमबाट सहयोगका सम्भावित उपायहरूबारे छलफल गरिरहेको पनि उनले जानकारी दिनुभयो ।
अमेरिकाले क्युबालाई आफ्नो सुरक्षाका लागि असाधारण खतरा रहेको भन्दै भेनेजुएलाबाट हुने इन्धन आपूर्तिमा रोक लगाएको छ। साथै, क्युबालाई इन्धन आपूर्ति गर्ने अन्य देशहरूमाथि पनि दबाब सिर्जना गरिएको बताइएको छ ।
इन्धन अभाव गहिरिँदै गएपछि क्युबाले आइतबारदेखि देशमा जेट इन्धन उपलब्ध नहुने चेतावनी दिएको छ । यसका कारण अन्तर्राष्ट्रिय हवाई सेवाहरू प्रभावित भएका छन् र केही विमान कम्पनीले आफ्ना उडानहरू स्थगित तथा तालिका समायोजन गरेका छन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया