|
|
२०८३ बैशाख १५
153 views
ललितपुर - स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे छानबिन गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
मन्त्री मेहताको सचिवालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएका सवारीसाधनका नाममा समेत कर्मचारीले इन्धन सुविधा लिने गरेको तथ्य फेला परेको छ ।
यस सम्बन्धमा उनले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएकी छन् ।
उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मातहतका अन्य निकायका ६ गरी कुल २४ वटा सवारीसाधन जलेका थिए । पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगयोग्य नरहेका ती सवारीसाधनको विवरण देखाएर इन्धन लिइरहेको पाइएपछि मन्त्रालयले कडा कदम चाल्ने संकेत दिएको छ ।

बिजनेस पाटी













