|
|
२०८३ भाद्र २५
510 views

ललितपुर -
पौडी प्रतियोगितामा डिएभीका कक्षा ८ का छात्र शिवांश मान कायस्थले ५ स्वर्ण पदक सहित ८ वटा व्यक्तिगत पदक जितेका छन् ।
उनले १२ औ निसर्ग अन्तर विद्यालय पौडी प्रतियोगिता २०२६ मा १०० मिटरको फ्रिस्टाइल र ५० मिटरका फ्रिस्टाइल ,ब्याकस्ट्रोक , बेस्टस्ट्रोक ,बटरफ्लाइ गरी ५ वटा स्वर्ण पदक जितेका हुन् ।
यस्तै सातदोबाटो स्थित इन्टरनेसनल स्विमिङ कम्प्लेक्समा भएको दोस्रो अन्तर विद्यालय उमेर समूहको प्रतियोगितामा पनि शिवांश मानले विभिन्न ८ वटा पदक जितेका हुन् ।
११ र १२ वर्ष उमेर समूहको उक्त प्रतियोगितामा १०० मिटर फ्रिस्टाइलमा रजत, १०० मिटर बटरफ्लाइमा रजत, ५० मिटर बटरफ्लाइमा रजत ,५० मिटर ब्याकस्ट्रोकमा रजत । ५० मिटर फ्रिस्टाइलमा कांस्य ५० मिटर ब्याकस्ट्रोकमा कांस्य र २०० मिटर इन्डिभिजुअल मेड्लीमा कांस्य पदक जितेका हुन् ।


बिजनेस पाटी