
ललितपुर - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला आफू निदाएको भनेर सामाजिक सञ्जालमा फैलिएको भिडियोप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् ।
सो भिडियो भाइरल भएपछि विषय उठेको प्रसंग उनले मंगलबार एक संसदीय समिति बैठकमै आफैंले उठाएर खण्डन गरेका हुन् ।
मन्त्री वाग्लेले भने, अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ। जे देखिन्छ त्यही यथार्थ नहुन पनि सक्छ भन्ने चेत यहाँहरुले पनि राखिदिनुहोला ।
उनका अनुसार सो समयमा उनी निदाएका नभई अत्यावश्यक सन्देश (urgent messages) हेर्दै थिए ।
राष्ट्रपतिको अगाडि फोन उठाएर हेर्नु शोभनीय नहुने भएकाले टेबलमुनि फोन राखेर म्यासेजहरू हेरिरहेको थिएँ, उनले स्पष्ट पारे ।
उनले थपे, दशौं लाखलाई रमाइलो भयो, तर जे देखिन्छ त्यो सधैं यथार्थ हुँदैन । गम्भीर निष्कर्षमा पुगिहाल्नु हुँदैन ।
यो घटनाले सामाजिक सञ्जालमा देखिने दृश्य र वास्तविक अवस्थाबीचको भिन्नताबारे पनि बहस सुरु गराएको छ ।

बिजनेस पाटी















