सिड्नीमा बाढीमा फसेका ४० जनाको उद्धार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर – सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउँदा विद्युत समेत कटौती भएको जनाएका छन् ।

न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस) ले बिहीबारदेखि शुक्रबारसम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।

केही उपनगरहरूमा तीन घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भएपछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ ।

आकस्मिक बाढीले प्रमुख सडकखण्डलाई प्रभावित बनाउनुका साथै विद्युतिय पूर्वाधार र भौतिक सम्पत्तिहरूमा क्षति गरेको जनाइएको छ ।

मौसम विज्ञान ब्यूरो (बिओएम) ले सिड्नीमा शुक्रबारको अधिकांश समय मेघ गर्जन जारी रहने र ७० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube