२०८२ फाल्गुन ६ | Feb 18, 2026

टी-२० विश्वकप खेल्ने पाकिस्तानी टिमको घोषणा, को को परे ?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1.7k views

ललितपुर । पाकिस्तानले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।

टी-२० विश्वकपका लागि १५ सदस्यीय टोली:

सलमान अली अघा(कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, शाहीन शाह अफ्रिदी, शडाब खान, उस्मान खान (विकेटकीपर) र उस्मान तारिक ।

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया