ललितपुर - ललितपुर – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आजको खेलमा इङ्ल्याण्ड क्रिकेट टोली र न्युजिल्याण्ड क्रिकेट टोली भिड्दैछन् ।
खेल आर प्रेमादासा स्टेडियम, कोलम्बो मा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
न्युजिल्याण्डका लागि यो खेल सेमिफाइनलको दृष्टिले निर्णायक छ । जितले समूह–२ को विजेता बनाउनेछ, तर हार भएमा अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तान क्रिकेट टोली को हार आवश्यक हुनेछ ।
सुपर–८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनल पुगिसकेको छ । अपराजित रहँदै नकआउट चरणमा प्रवेश गर्ने लक्ष्य टोलीको छ ।
यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । टी–२० ढाँचामा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच ३० खेल हुँदा इङ्ल्याण्डले १६ र न्युजिल्याण्डले १० खेल जितेका छन्; एक खेल बराबरी र तीन खेल नतिजाविहीन भएका छन् ।

बिजनेस पाटी