२०८२ फाल्गुन ६ | Feb 18, 2026

टी–२० विश्वकप: वेस्ट इन्डिजविरुद्ध नेपाल ४.५ ओभरमै ३ विकेट गुमाउँदै संकटमा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३
|
408 views

ललितपुर – टी–२० विश्वकप अन्तर्गतको महत्वपूर्ण खेलमा नेपालले शक्तिशाली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ। मुम्बईस्थित वानखेडे स्टेडियम मा जारी खेलमा नेपाल सुरुआतमै दबाबमा परेको छ ।

नेपालले ४.५ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १९ रन मात्र जोड्न सकेको छ ।

ओपनर आसिफ शेख ११ रन बनाएर आउट भए। उनलाई वेस्ट इन्डिजका खेलाडी शिमरोन हेटमायर ले पवेलियन फर्काए ।

सुरुआती झट्कापछि नेपाली ब्याटिङ लाइनअप सम्हालिन संघर्षरत देखिएको छ। अबको साझेदारी नेपालका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया