मतदान व्यवस्थापनका लागि तालिम सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
663 views

ललितपुर - ललितपुर – सुनसरी जिल्लामा निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको छ । १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई प्रशिक्षण दिइँदैछ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इनरुवा नगरपालिका–५ स्थित सारदा मावि मा तालिम आयोजना गरिएको छ ।

जिल्लामा चार निर्वाचन क्षेत्र रहेको र १६७ मतदानस्थलका कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिइँदैछ । तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube