ललितपुर – काठमाडौँ उपत्यकामा चिसोको असर पुनः तीव्र बन्दै गएको छ। केही दिनयता घट्दो क्रममा रहेको न्यूनतम तापक्रम शनिबार अलि माथि उठे पनि आइतबार फेरि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आइतबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार यही समयमा न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको थियो।
यस्तै, शनिबार बिहान ८ बजेर ४५ मिनेटमा गरिएको आधिकारिक मापनमा न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस कायम भएको थियो। आइतबारको मापन प्रारम्भिक मात्र भएकाले आधिकारिक रेकर्डका क्रममा तापक्रम अझै केही घट्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा बिहीबार ६.२ र शुक्रबार ५.३ डिग्रीमा झरेको थियो। शनिबार ५.८ डिग्रीमा पुगेको तापक्रम आइतबार फेरि ओरालो लागेको हो।


















फेसबुकबाट तपाईको प्रतिक्रिया