यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
714 views

ललितपुर - ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल/टनेल) रु ३०, गोलभेँडा सानो (भारतीय/तराई) रु ४५ तोकिएको छ। आलु रातो रु २६, आलु रातो (भारतीय) रु २५ र प्याज सुकेको (भारतीय) रु ३८ कायम गरिएको छ ।

लोकप्रिय तरकारीतर्फ गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ४०, बन्दा रु ३०–४०, काउली रु ३०–४५, मूला रु १५–३५, भन्टा रु ७० निर्धारण गरिएको छ ।

सिमीजन्य तरकारीमा घिउ सिमी (लोकल) रु ८०, (हाइब्रिड) रु ७०, (राजमा) रु १००, टाटे सिमी रु ६० तथा मटरकोसा रु ५० तोकिएको छ। तिते करेला रु १८०, घिरौँला रु १५०, भिन्डी रु १३० कायम छ।

च्याउतर्फ कन्य च्याउ रु १३०, डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ।

फलफूलमा स्याउ (फुजी) रु ३००, स्याउ (झोले) रु २५०, केरा (दर्जन) रु १९०, कागती रु २५०, अनार रु ३३०, अङ्गुर (कालो) रु ४००, स्ट्रबेरी रु ५००, किबी रु २६० र एभोकाडो रु ३५० तोकिएको छ ।

मसला तथा अन्य वस्तुमा अदुवा रु १२०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी रु ९०–१८० (अकबरे रु ९००), लसुन सुकेको (चाइनिज) रु २६०, लसुन सुकेको (नेपाली) रु २००, माछा सुकेको रु १,००० तथा ताजा माछा (रहु) रु ३४० निर्धारण गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube