यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
867 views

ललितपुर - ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि विभिन्न तरकारी, फलफूल, मसला तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३०, सानो (भारतीय) रु ४०, सानो (तराई) रु ४० निर्धारण गरिएको छ। आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) पनि रु २५ तोकिएको छ भने प्याज सुकेको (भारतीय) रु ३८ कायम भएको छ।

यसैगरी, गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ४०, बन्दा (लोकल) रु ४०, बन्दा (नरिबल) रु ३५, काउली स्थानीय रु ४०, काउली (ज्यापू) रु ६० र काउली (तराई) रु ४० रहेको छ। भन्टा (लाम्चो/डल्लो) दुवै प्रतिकिलो रु ७०, तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७० र भिन्डी रु १५० तोकिएको छ।

च्याउतर्फ च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ। सागसब्जीतर्फ रायोसाग रु २५, पालुङ्गो रु ४०, तोरीसाग रु २५ र हरियो प्याज रु ५० कायम छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, स्याउ (झोले) रु २५०, केरा (दर्जन) रु १९०, कागती रु २५०, अनार रु ३८०, अङ्गुर (कालो) रु ३२०, सुन्तला (भारतीय) रु १६० र स्ट्रबेरी रु ५०० तोकिएको छ। एभोकाडो र किबी दुवै प्रतिकिलो रु ३५० कायम गरिएको छ।

मसलातर्फ सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो रु १८०, खुर्सानी (अकबरे) रु ९००, अदुवा रु १२०, लसुन सुकेको (चाइनिज) रु २६० र लसुन सुकेको (नेपाली) रु २०० निर्धारण गरिएको छ।

यसैगरी, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, बचुवा रु २८०, छडी रु २५० तथा माछा सुकेको रु १,००० तोकिएको समितिले जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube