|
|
२०८२ फाल्गुन ८
510 views
ललितपुर - ललितपुर – प्रहरीले वैदेशिक रोजगारीका नाममा अमेरिका लैजाने भन्दै रकम ठगी गर्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनी झापा, अर्जुनधारा नगरपालिका–११ जन्म भएकी हुन् र हाल ललितपुर, महालक्ष्मी नगरपालिका–४ मा बस्छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार, पक्राउ परेकी सापकोटाले एक जना बाट रु ६ लाख ३० हजार लिई सम्पर्कविहीन भएकी थिइन् । उजुरीका आधारमा उनलाई आज ललितपुर महालक्ष्मी–४ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ । थप अनुसन्धान र आवश्यक कारबाही जारी छ ।

बिजनेस पाटी