२०८२ चैत्र २१ | Apr 04, 2026

सभापतिको राजीनामा विकल्प छैन : सहमहामन्त्री संग्रौला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
765 views

ललितपुर – नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको हालको हारमा सभापति गगन थापाको राजीनामा विकल्प नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले भनिन्, आज पराजयपछि अवश्य नैतिक जिम्मेवारी छोटो समयमा गएको गगन थापाको नेतृत्वको केन्द्रीय समितिले लिन्छ । गगन थापा व्यक्ति होइन संस्था हो । हामी नियमित महाधिवेशनबाट आएको सभापति पनि गगन थापा होइन । त्यसैले राजीनामा विकल्प होइन ।

संग्रौलाका अनुसार, कांग्रेसको ८ लाख क्रियाशील सदस्य परिचालन भए कि भएनन् भन्ने रिपोर्ट आएपछि मात्र निष्कर्ष निस्कनेछ । उनले थपिन्,

कांग्रेसको नियमित महाधिवेशन गरेर पार्टीलाई पुनर्जागृत र पुनर्संगठित गरी अहिलेको उचाइमा लैजानुपर्ने दायित्व छ । देशभरका साथीहरूले बोलिरहनुभएको छ । सभापतिजी के मनस्थितिमा हुनुहुन्छ ? उहाँको कुरा पनि हामी सुन्नेछौँ । केन्द्रीय समितिले छलफल गर्नेछ । संग्रौलाले जनताले दिएको म्यान्डेट स्वीकार गर्दै कांग्रेसले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया