एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
714 views

ललितपुर - ललितपुर –  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँ हृदयाघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

आज पार्टीको बैठकमा बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुग्दा उहाँलाई मृत घोषित गरिएको थियो ।

थापाले यसअघि २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्य लगायतका जिम्मेवारी सम्हालेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube