|
|
२०८२ फाल्गुन २६
510 views
ललितपुर - ललितपुर – ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानाको प्राविधिक टोलीले आज बिहान कुसुन्ती हाइट, माछापुच्छ्रे स्कूलको स्टोरबाट एक चितुवा उद्धार गरेको छ।
उद्धार कार्य सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरीय प्रहरीको संयुक्त सहयोगमा ‘डार्ट’ प्रविधि प्रयोग गरी सम्पन्न भएको हो। उद्धार गरिएको चितुवा अनुमानित १० वर्षको र ६० केजी तौलको रहेको छ ।
चिडियाखानाका प्रमुख सत्यनारायण साह का अनुसार उद्धारपछि चितुवालाई उपचारका लागि वन्यजन्तु अस्पतालमा राखिएको छ र उपचारपछि प्राकृतिक बासस्थानमा छोडिनेछ ।
सदर चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी र स्तनधारी उद्धार गरेको छ, जसमा ५७ जनालाई उपचार गरी प्राकृतिक बासस्थानमा फर्काइएको थियो। हाल चिडियाखानामा ११५ प्रजातिका एक हजार ३०० भन्दा बढी वन्यजन्तु रहँदा छन् ।

बिजनेस पाटी