टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्न सन् २०२५ को तेस्रो त्रैमासिक ‘गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २८,२९,६१२ भिडियो हटाइएका छन् । यसमध्ये ९८ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो ।
विश्वव्यापी रूपमा, टिकटकले २०४ मिलियन भिडियो हटाएको छ, जसमा ९९.३ प्रतिशत सक्रिय रूपमा हटाइएको थियो। १८६ मिलियन भिडियो अटोमेटिक डिटेक्सन प्रणालीमार्फत पहिचान गरिएको थियो, जबकि ८.९ मिलियन भिडियो पुनःस्थापना गरिएका थिए ।
रिपोर्टअनुसार, हटाइएका भिडियोमध्ये ३०% संवेदनशील/वयष्क सामग्री, १५.७% सुरक्षा र सभ्यता उल्लङ्घन, २.७% गोपनीयता उल्लङ्घन, ३२.९% गलत सूचना, र ३४.४% एआई वा सम्पादन गरिएको सामग्री थिए । यसै अवधिमा ११९ मिलियन नक्कली अकाउन्ट र २२ मिलियन १३ वर्षभन्दा कम उमेरका अकाउन्ट हटाइएका छन् ।नेपालमा टिकटकले ३ महिनामा २८ लाख भिडियो हटायो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया