ललितपुर – गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । गीत डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत, र राजेन्द्र वाइवाको संगीत संयोजनमा तयार भएको हो ।
गीतको भिडियो निकेश खडकाको निर्देशनमा तयार गरिएको छ, जसमा सागर दाहाल र स्मारिका ढकाल फिचरिङ छन् । गायक–गायिकालाई पनि भिडियोमा देख्न सकिन्छ। सुदीप दाहालको पोष्ट–प्रोडक्सन, उत्सव दाहालको छायांकन, र विकास धमलाको सम्पादन रहेको छ ।
गीतमा प्रेम र साथीको साथ रहने भाव व्यक्त गरिएको छ । सार्वजनिक भएदेखि नै यो गीतले धेरै श्रोतार–दर्शकको मन जितिरहेको छ ।
अमेरिकाको बोस्टनमा बस्ने गायिका सुशीला नेपाल बाहिर भए पनि गीत–संगीत क्षेत्रमा सक्रिय रहिरहनु भएको छ। गीतको भिडियो सुशीलाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
सुशीला बस्नेतका यसअघि ‘राधा कृष्ण, ‘तिम्रो मायाको, मेरी माँ’ तीज आयो साथी संगी जस्ता गीतहरू पनि दर्शक-श्रोतामाझ लोकप्रिय छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया